Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • बाढीपहिरोले तहसनहस भएका मुख्य राजमार्गका २० स्थानमा सडक अवरुद्ध

    बाढीपहिरोले तहसनहस भएका मुख्य राजमार्गका २० स्थानमा सडक अवरुद्ध

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 216
    SHARES

    काठमाडौं । बाढीपहिरोका कारण तहसनहस भएका धेरै सडक अझै अवरुद्ध नै रहेका छन्।

    गत बिहीबारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण उपत्यका जोड्ने बीपी र पृथ्वी राजमार्गसहित राजमार्गहरु अझै पूर्णरूपमा खुल्न सकेका छनैनन् ।



    नेपाल प्रहरीले मंगलबार बिहान गरेको अपडेटअनुसार उपत्यकाका काठमाडौं र ललितपुरसहित २० स्थानका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेका छन्।



    काठमाडौंको दक्षिणकाली–सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिकाभैरव सडकखण्ड अवरुद्ध छ ।

    कोशीमा राकेभेडेटार, बागमतीमा कान्तीलोकपथ सडक, भीमफेदी कुलेखानी,सिस्नेरी दक्षिणकाली, पासाङल्हामु बिपी राजमार्ग, मध्यपहाडी, बाह्रबिसे तातोपानी सडक खण्डका विभिन्न स्थानका सडक पूर्ण रूपमा अवरुद्ध छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार