Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • तोलामै १ लाख ६१ हजार नाघ्यो सुनको मूल्य

    तोलामै १ लाख ६१ हजार नाघ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 117
    SHARES

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ।

    लगातार नयाँ रेकर्ड सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।



    गत आइतबारदेखि सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँ पुगेको छ।



    बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार