Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • आजको मौसम कस्तो छ ?

    आजको मौसम कस्तो छ ?

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज देशभर पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

    देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाको साथै गण्डकी प्रदेशका एक दुई स्थानमा अहिले भारी वर्षा भइरहेको छ।



    विभागका अनुसार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुनसक्ने छ।



    आगामी २४ घण्टा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरू आसपास भएर बहने नदीमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार