Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 108
    SHARES

    अछाम । अछाममा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    जिल्लाको ढकारी गाउँपालिका–६ ढुङ्गाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी ब्यथा लागेर ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा लगिएकोमा त्यहाँ सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।



    उनलाई कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।



    ग्रामीण सडक खराब भएकाले एम्बुलेन्सद्वारा उद्धार गर्न नसकिने भएकाले सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार