Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • एसपी र डीएसपी सरुवामा निमित्त आईजीपी नै बेखबर !

    एसपी र डीएसपी सरुवामा निमित्त आईजीपी नै बेखबर !

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 1.2K
    SHARES

    काठमाडौँ । प्रहरी प्रधान कार्यालयले गरेको एसपी र डीएसपीको सरुवा विवादित बनेको छ । कतिसम्म भने प्रहरीका निमित्त महानिरीक्षक टेकप्रसाद राईलाई समेत सो सरुवाबारे बेखबर रहेको पाइएको छ ।

    मानवस्रोत विकास विभागका एआईजी भिम ढकालले निमित्त आईजीपीलाई बाइपास गरी गृहमन्त्री रमेश लेखकसँग मिलेर सरुवा गरेका हुन् । जसकारण निमित्त आईजीपी राईले चेन अफ कमाण्डको गम्भीर उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन् ।



    उनले यस विषयमा सार्वजनिक रूपमै समेत असन्तुष्टि जनाएका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर हाल ग्रिसमा छन् । सिनियर एआईजीका रूपमा राईलाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिइएको छ ।



    राई बिहानदेखि शान्ति सुरक्षा लगायत प्रशासनिक काममा व्यस्त रहँदा एआईजी ढकाल भने सरुवा सूची निकाल्न व्यस्त थिए । निमित्त आईजीपीले समेत वेभ साइडमा सरुवा सूची प्रकाशन भएपछि जानकारी पाएका हुन् ।

    कतिसम्म बदमासी गरिएको छ भने सरुवाको मिति भने सोमबारकै राखिएको छ । सोमबार नै सरुवा निकाल्ने तयारी भए पनि केही नाममा सहमति जुटेको थिएन । आईजीपी कुँवर भ्रमणमा निस्किए ।

    उनी विदेशमै रहेको मौकामा गृहमन्त्री लेखकले सरुवा निकाल्न निर्देशन दिएका हुन् । सरुवामा कांग्रेस निकट र बदनाम अधिकृतहरूले महत्वपूर्ण जिल्लाको इन्चार्ज पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार