Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु

    चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 192
    SHARES

    फाइल तस्विर

    बागलुङ । बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

    निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको शुक्रबार राति चट्याङ लागेर मृत्यु भएको हो ।



    आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।



    स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए ।

    चट्याङ परेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय झिवाखोलाको टोली घटनास्थलमा गएर उद्धार गरेको थियो।

    बुढाको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ ।

    चट्याङका कारण बुढाको घर र विद्युतीय सामग्रीमा क्षति पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार