Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • काभा महिला भलिबल : आज फाइनलमा पुलिस क्लब र हुमो क्लब भिड्दै

    काभा महिला भलिबल : आज फाइनलमा पुलिस क्लब र हुमो क्लब भिड्दै

    पुलिसको पाँचौं जित

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै फाइनलमा पुगेको छ ।

    पुलिसले लिग चरणको आफ्नो अन्तिम खेलमा हिजो माल्दिभ्सको घरेलु टोली पुलिस क्लबलाई ३–१ को सेटमा हराएको हो ।



    पहिलो सेट २५–१२ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २१–२५ ले गुमायो । तर चौथो सेट २५–२१ ले जित्यो ।



    पुलिसको पाँच खेलमा १४ अङ्क छ । नेपाल पुलिस एक खेल अगावै यसअघि नै फाइनलमा पुगेको थियो ।

    आज हुने फाइनल खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार