Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मेटमणिको अभिव्यक्ति पार्टीका लागि लज्जा र घृणाको विषय हो, कारबाही गरियोस् : झलनाथ खनाल

    मेटमणिको अभिव्यक्ति पार्टीका लागि लज्जा र घृणाको विषय हो, कारबाही गरियोस् : झलनाथ खनाल

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 336
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गरेका छन् ।

    उनले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘कालापानी, लिम्पियाधुरा र लिपुलेख जस्ता भूभागहरु भारतकै हुन्’ भनेर टेलिभिजन अन्तरवार्ता दिने चौधरीलाई कारबाही गर्न माग गरेका हुन् ।



    उनले पार्टीको “उपमहासचिव” र वहालवाला “सांसद” बाट यस्ता अभिव्यक्ति आउनु गम्भीर भन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको बताए ।



    ‘आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न । अझ हामै पार्टीको “उपमहासचिव” र वहालवाला “सांसद” बाट यस्ता अभिव्यक्ति आउनु गम्भीर भन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको छ’, खनालको विज्ञप्तिमा भनिएको छ ।

    उनले अगाडि भनेका छन्, ‘हाम्रो पार्टी जस्तो एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो । यस्तो पार्टीको कुनै नेताबाट मात्र होइन सामान्य कार्यकर्ता साधारण सदस्य तथा समर्थक र सुभेच्छुकहरुबाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव हुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार