Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • क्यानडा र इटाली पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

    क्यानडा र इटाली पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 189
    SHARES

    काठमाडौं । क्यानडा र इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा रोल्पा घर भई काठमाडौंको कलंकी बस्ने २९ वर्षीय रणबहादुर घर्ती र डडेल्धुरा भई काठमाडौंको अनामनगर बस्ने ३४ वर्षीय कर्णसिंह साउद रहेका छन्।



    पक्राउमध्ये रणबहादुरले क्यानडा पठाइदिन्छु भन्दै ८ जनाबाट १ करोड ६५ लाख रूपैयाँ लिएका थिए । कर्णसिंहले भने इटाली पठाइदिन्छु भन्दै ८ जना पीडितबाट ९ लाख रूपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रणबहादुरलाई काठमाडौं बनस्थलीबाट र कर्णसिंहलाई बागबजारबाट पक्राउ गरेको हो ।

    उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार