Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • स्थायित्व र विकासका लागि नेपालमा दुई दल भए पुग्छ : शंकर पोखरेल

    स्थायित्व र विकासका लागि नेपालमा दुई दल भए पुग्छ : शंकर पोखरेल

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 132
    SHARES

    सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि नेपालमा दुई दल मात्र भए पुग्ने बताएका छन् ।

    सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । तर कांग्रेस एमालेले दुई दलीय व्यवस्थाको वकालत नगरेको उनले स्पष्ट गरे ।



    महासचिव पोखरेलले भने, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन, बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।’



    महासचिव पोखरेलले आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको बताए ।

    फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार