Online Nepal
  • शनिबार, ५ माघ २०८१
  • जनताले मत परिवर्तन गर्न खोजेको देखिन्छ, जनप्रतिनिधिले कार्यशैलीमा सुधार गर्नु पर्‍यो : शंकर पोखरेल

    जनताले मत परिवर्तन गर्न खोजेको देखिन्छ, जनप्रतिनिधिले कार्यशैलीमा सुधार गर्नु पर्‍यो : शंकर पोखरेल

    अनलाइन नेपाल
  • बुधबार, १९ मंसिर २०८१
  • 192
    SHARES

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गरेको बताएका छन् ।

    मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पछिल्लो समयमा सामाजिक सञ्जालमा भएको एमाले र नेतृत्वविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित निष्र्कष निकालेका हुन् ।



    महासचिव पोखरेलले आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा एमालेका स्थानीय कमिटीको योजना र अपेक्षा अनुरूप चुनावी परिणाम आउन नसकेको स्वीकार गरेका छन् ।

    राजधानी काठमाडौँमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको भएपनि त्यो पुरा हुन नसकेको उनले बताए । उनले सहरी क्षेत्रका मतदाताको झुकाव मूलधारका राजनीतिक दलका पक्षमा आउन नसकेको पनि बताए ।

    महासचिव पोखरेलले उपनिर्वाचनमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्य जनक रहेको उल्लेख गरे ।

    उनले भनेका छन्,‘नेकपा एमाले विगतमा जितेका ७ वडाध्यक्ष मध्ये १ सिट मात्र कायम राख्न सक्यो । नेकपा (माओवादी केन्द्र) ले विगतमा जितेका ६ वडाध्यक्ष मध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाउन पुग्यो । नेपाली कांग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाउन पुग्यो । यसबाट जनप्रतिनिधिको भूमिकाप्रति स्थानीय जनता सन्तुष्ट नभएको देखिन्छ ।’

    उनले नयाँ ठाउमा स्वतन्त्रले जितेको देखिएको बताउँदै यसबाट जनप्रतिनिधिको भूमिका प्रति स्थानिय जनता सन्तुष्ट नभएको र मत परिवर्तन गर्न खोजेको देखिएको बताए । जनप्रतिनिधिहरूले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको महासचिव पोखरेलको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार