Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • यो वर्षको दशैंमा सर्वसाधारणले नपाउने भए नयाँ नोट

    यो वर्षको दशैंमा सर्वसाधारणले नपाउने भए नयाँ नोट

    अनलाइन नेपाल
  • मंगलबार, १८ भाद्र २०८१
  • 480
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँ , तिहार र छठका लागि नयाँ नोट सटही सुविधा नदिने भएको छ ।

    राष्ट्र बैंकले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने निर्णय गरेको हो ।



    विगतका वर्षहरुमा राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटहीको सुविधा राखेको थियो ।



    तर राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट सटही सुविधा नदिने तयारी गरेको हो । राष्ट्र बैंकले यो पटकको दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिनेछ ।

    ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने भएपछि राष्ट्र बैंकले सुकिला नोट दिने तयारी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार