Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • ‘आईजीपी साब’सहित समस्त नेपाल प्रहरीलाई हृदयदेखि सलाम !

    ‘आईजीपी साब’सहित समस्त नेपाल प्रहरीलाई हृदयदेखि सलाम !

    राधाकृष्ण देउजा
  • सोमबार, १७ भाद्र २०८१
  • 6K
    SHARES

    हाल सञ्चारमन्त्री रहनु भएका पृथ्वीसुब्बा गुरुङ अरू धेरै समकालीन नेताहरूमध्य सरल, स्पष्ट र इमान्दार नेता हुनुहुन्छ । तसर्थ उहाँ प्रति मेरो व्यक्तिगत रूपमा सम्मान नै छ यद्यपि उहाँले आईजीपीको जिब्रो थुत्नु पर्ने भनेर बोलेको विषय निन्दनीय छ ।

    मन्त्री पदको गरिमा र स्वयम उहाँको निम्ति पनि अशोभनीय छ । यसलाई यत्ति नै भन्दै उहाँले जुन सन्दर्भ (प्रहरी समायोजनको) विषयमा जोडेर यस्तो भन्नु भयो त्यसमा थप के मात्रै भन्छु भने देशको शान्ति सुरक्षा तंग भङ्ग पार्दै, नेपाललाई अस्थिरताको चंगुलमा फसाउनको लागि ल्याउन खोजिएको प्रहरी समायोजन ऐन लागु हुनु देशको लागि घातक छ ।



    देशको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी टुक्र्याउने त्यस घातक ऐनलाई कुनै पनि प्रहरीले पूर्ण समर्थन गर्नै नसक्ने, आफु घर पायक बस्न पाइने आशामा तल्लो दर्जाका केहीहरुले समर्थन गरिहाले पनि कुनै अधिकृतहरूको समर्थन रहन्न भन्ने बुझेकोले वर्तमान आईजीपी पनि त्यसलाई लागु गराउन इच्छुक हुनुहुन्न होला भन्ने अनुमान गर्न सक्छु ।



    यद्यपि मन्त्रीज्यूले भनेकै जस्तो अभिव्यक्ति अनुशासित संगठनको आईजीपी साबले यत्रतत्र पक्कै बोल्ने कुरै रहन्न । खैर जे होस, अहिलेलाई यत्ति भनौँ कि यदि प्रहरी समायोजन ऐन लागु गर्ने कुराको विरोध गरेकै भरमा जिब्रो थुत्ने हो भने आईजीपी साबको मात्रै हैन समस्त प्रहरी अधिकृतदेखि आम सकल दर्जाको पनि जिब्रो थुतिने अवस्था बन्नेछ र म ठोकुवा गरेर भन्न सक्छु कि आफ्नो जीवन आहुती दिन तयार भएर प्रहरीको बर्दी लगाएका कोही पनि प्रहरी जिब्रो थुतिएला कि भन्ने डरले राष्ट्रघातको पक्षमा उभिने छैनन् ।

    तसर्थ, माननीय मन्त्रीज्युलाइ प्रहरी समायोजनको कोशिसको विरोधीको जिब्रो थुत्ने निर्णय भएमा आफुसमेत अमेरिकाबाट त्यस सजाय भोग्नै भए पनि आउने जानकारी दिँदै भन्न चाहन्छु कि “प्रहरी समायोजन ऐन” मुर्दावाद, सिंगो राष्ट्रव्यापी नेपाल प्रहरी जिन्दाबाद ! त्यसैले नेपाल प्रहरीका आइजीपी वसन्त कुँवर देखि समस्त नेपाल प्रहरी परिवार लाई हृदय देखि सलाम !

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार