Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • डेंगी संक्रमणबाट चितवनमा ६३ वर्षका पुरुषको मृत्यु

    डेंगी संक्रमणबाट चितवनमा ६३ वर्षका पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १७ भाद्र २०८१
  • 417
    SHARES

    फाइल तस्विर

    चितवन । डेंगी सङ्क्रमणका कारण चितवनमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन्।

    चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए।



    ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए।



    चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेंगी सङ्क्रमण देखिएको छ। तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो।

    सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार