Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • कैलालीबाट १६ किलो लागुऔषधसहित बझाङकी मंगलीदेवी पक्राउ

    कैलालीबाट १६ किलो लागुऔषधसहित बझाङकी मंगलीदेवी पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ८ भाद्र २०८१
  • 1.8K
    SHARES

    कैलाली । कैलालीबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–२ दहबगरकी ४५ वर्षीया मंगलीदेवी धामी रहेकी छन् ।

    उनलाई गोदावरी नगरपालिका–२ तेघरी खानेपानी टोलबाट १६ किलो १८० ग्राम लागुऔषधसिहत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।



    उनको घरको कोठा भित्र सेतोमा रातो धर्सेदार रंगको बोरा भित्र भुसामा लुकाई छिपाई राखेको लागुऔषध र नापतौल गर्ने तराजुसहित फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।



    उनलाई मालाखेती प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार