Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • हवाई सुरक्षाबारे रक्षामन्त्री र नेपाली सेनासँग पर्यटनमन्त्री पाण्डेले लिए राय

    हवाई सुरक्षाबारे रक्षामन्त्री र नेपाली सेनासँग पर्यटनमन्त्री पाण्डेले लिए राय

    अनलाइन नेपाल
  • आइतबार, २७ साउन २०८१
  • 348
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कामु प्रधान सेनापति अशोक सिग्देलसँग छलफल गरेका छन् ।

    पर्यटनमन्त्रीको निजी सचिवालयका अनुसार मन्त्रालयमा आयोजित छलफलका क्रममा नेपाली सेनाका अधिकारीहरुले तालिम र व्यवस्थापन, अवलम्बन गरेका असल अभ्यासका विषयमा विचार विमर्श भएको हो ।



    नेपाली सेनाले भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्नका लागि ठाउँठाउँमा मौसमी सूचनाबारे जानकारी लिन आधुनिक प्रविधि जडान गर्नुपर्नेलगायत विषयमा पर्यटनमन्त्रीलाई सुझाव दिएको छ ।



    एक महिनाभित्र एउटा विमान र एउटा हेलिकप्टर दुर्घटना भएपछि पर्यटनमन्त्रीले हवाई सुरक्षाबारे रक्षामन्त्री, प्रधान सेनापतिका साथै दुई मन्त्रालयका सचिवहरूसँग सामूहिक छलफल गरी राय सुझाव लिएका हुन् ।

    नेपाली सेनाको हवाई सेवा उत्कृष्ट रहेकाले गैरसैनिक हवाई उडानलाई कसरी सुरक्षित पार्न सकिन्छ भन्ने विषयमा मन्त्री पाण्डेले सुझाव मागेका थिए । हालै भएका हवाई दुर्घटनाको छानबिन समिति गठन भएको भए पनि अध्ययन प्रतिवेदन भने आउन बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार