Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • सर्लाहीमा युवक मृत फेला, हत्याको आशंका

    सर्लाहीमा युवक मृत फेला, हत्याको आशंका

    अनलाइन नेपाल
  • शनिबार, २६ साउन २०८१
  • 408
    SHARES

    फाइल तस्विर

    सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडीमा शनिबार एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना मृतावस्थामा फेला परेका हुन् ।

    गाउँनजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।



    मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शंकास्पद रहेको प्रहरीको आशंका छ । मृतकको शव परीक्षणका निम्ति त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाएको छ ।



    घटनाका विषयमा अनुसन्धानका निम्ति एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार