Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • विश्वप्रकाशलाई आरजुको काउन्टर जवाफ – प्रधानमन्त्रीको कार्यकाल पार्टीले तोक्ने होइन

    विश्वप्रकाशलाई आरजुको काउन्टर जवाफ – प्रधानमन्त्रीको कार्यकाल पार्टीले तोक्ने होइन

    अनलाइन नेपाल
  • शुक्रबार, २५ साउन २०८१
  • 2.9K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने कुरा एक या दुई पटक मात्र भनेर तोक्न नहुने बताएकी छिन् ।

    कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा एउटा व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने गरी प्रस्ताव राखेका थिए । सोही प्रस्तावबारे बोल्दै परराष्ट्रमन्त्री समेत रहेकी राणाले यस्तो बताएकी हुन् ।



    उनले भनिन्, ‘प्रधानमन्त्री कतिपटक बन्न पाउने भन्ने विषयमा कुनै प्रावधान पार्टीको विधानमा नै राख्नुपर्छ भन्ने मलाई लाग्दैन, यो त अनुभव, काम तथा उसको प्रभावकारिताका आधारमा हुने हो ।’



    कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीले प्रतिवेदन एवं जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका– २०८१ पेश गरेका छन् । उनले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने पनि उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार