अछाम । चौरपाटी गाउँपालिकाका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण गएराति वडा नम्बर १ को चौरपाटी बजारदेखि गैरिलेकको बीचमा रुख विद्युत् तारमाथि खस्दा सेवा अवरुद्ध भएको हो ।
सल्लाको रुख विद्युत् तारमाथि खस्दा गाउँपालिकाको वडा नम्बर १, २, र ३ लगायतका स्थानमा विद्युत् सेवा अवरुद्ध भएको हो ।
विद्युत् अवरुद्ध भएपछि स्थानीय बासिन्दाहरू अँध्यारोमा बस्न बाध्य भएका छन्। दैनिक गतिविधिमा समेत बाधा पुगेको छ र यसले स्थानीय जनजीवनमा गम्भीर प्रभाव पारेको छ ।
विद्युत् अभावमा विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापारव्यवसाय प्रभावित बनेको छ । विद्युत् सेवा पुनः सञ्चालनका लागि आवश्यक मर्मत कार्य सुरु गरिने बताइएको छ । रुखलाई हटाएर तार मर्मत गर्न प्राविधिकहरूलाई खटाइने भएको छ ।
यस्तै बेलाबेला चौरपाटी गाउँपालिकाका विभिन्न स्थानमा राखिएका ट्रान्समिटर बारे पनि प्रश्न उठ्दै आएको छ । ट्रान्समिटर राखिएको स्थानमा मानवीय क्षति हुने सम्भावना छ ।
Leave a Reply