Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • १५ वर्षदेखि बेपत्ता भएकी आमासँग छोराको पुनर्मिलन

    १५ वर्षदेखि बेपत्ता भएकी आमासँग छोराको पुनर्मिलन

    अनलाइन नेपाल
  • सोमबार, २१ साउन २०८१
  • 714
    SHARES

    काठमाडौं । श्रीमानको मृत्युपछि हराएकी महोत्तरीको मण्ड शिसुवा नगरपालिकाकाकी दौलत देवी शाह १५ वर्षपछि फेला परेकी छन् ।

    वि.सं. २०६५ सालमा श्रीमान लाल बाबु शाहको मृत्युपछि उनी बेपत्ता भएकी थिइन् ।



    प्रहरीका अनुसार उनी यही साउन १७ गते तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ३, सुखौरा क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएकी हुन् ।



    दौलत देवीलाई साउन २१ गते उनका छोरा रोशन शाहको जिम्मा लगाइएको छ ।

    १५ वर्षपछि उनी फेला परेपछि परिवारमा खुसीको लहर छाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार