Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • वर्तमान सरकारले गल्ती गरे हामी सबैले आवाज उठाउनुपर्छ : शेखर कोइराला

    वर्तमान सरकारले गल्ती गरे हामी सबैले आवाज उठाउनुपर्छ : शेखर कोइराला

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 225
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला दल सरकारमा भएकोले निरङ्कुशता जन्मिने शंका धेरैलाई रहेको बताएका छन्।

    प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।



    नेता कोइरालाले ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले सरकारमा रहेकोले धेरैलाई निरङ्कुशता जन्मिने शंका पनि रहेको बताए।



    नेता कोइरालाले भने,‘सरकारमा कमीकमजोरी देखिएका खण्डमा आवाज बुलंद गर्नुपर्छ । दुई ठूला दल सरकारमा छन्, कांग्रेस र एमाले। दुई ठूला दल सरकारमा भएपछि निरङ्कुशता जन्मिने पनि त्यत्तिकै शंका छ धेरैलाई। गल्ती गरेको छ र हामीले आवाज उठाउन सक्यौं भने सरकार ठिक ट्र्याकमा हिँड्छ।’

    नेता कोइरालाले कांग्रेस-एमाले सरकारले गल्ती गरे आवाज उठाउनुपर्ने बताए। राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएको नेता कोइरालाको भनाइ छ।

    कांग्रेस र एमाले मिलेर बनाएको सरकारलाई टिकाएर लैजानुपर्ने पनि उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार