Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बेतनी खोलाको बाढीले अटो बगाउँदा दुई यात्रु बेपत्ता

    बेतनी खोलाको बाढीले अटो बगाउँदा दुई यात्रु बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, १९ साउन २०८१
  • 645
    SHARES

    दाङ । दाङको तुलसीपुरमा खोलामा आएको बाढीले अटो बगाउँदा दुई महिला बगेर बेपत्ता छन् ।

    बेपत्ता हुनेमा खाद्रे गाउँकी ५६ बर्षीया सीता आले र सुर्खेत जिल्ला घर भई खाद्रे गाउँमै बस्दै आएकी १७ वर्षीया मञ्जु खड्का रहेका छन् ।



    शुक्रबार बेलुका तुलसीपुर बजारबाट खाद्रे गाउँ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको पाँच जना सवार अटो तुलसीपुर– ४ स्थित बेतनी खोलामा आएको बाढीले बगाएको थियो ।



    खाद्रे गाउँका चालक ४६ वर्षीय हरिकिशन विक, स्थानीय ३४ वर्षीया सुनिता थापा र ७ वर्षीय सुशान्त आले भने खोलामा आएको बाढीबाट उत्रन सफल भएका थिए। आमा सुनिताले छोरा सुशान्तलाई जोगाएकी थिइन।

    खोलाले बगाएर बेपत्ता रहेका सीता आले र मञ्जु खड्काको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार