Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • उद्योगमन्त्री भण्डारी र अमेरिकी राजदूत थम्पसबीच भेटवार्ता

    उद्योगमन्त्री भण्डारी र अमेरिकी राजदूत थम्पसबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १५ साउन २०८१
  • 210
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्पसबीच भेटवार्ता भएको छ ।

    उद्योगमन्त्री भण्डारी र राजदूत थम्पसबीच उद्योग मन्त्रालयमा भेटवार्ता भएको हो ।



    भेटमा उद्योगमन्त्री भण्डारीले दुई मुलुकले लोकतन्त्र, मानव अधिकार, सार्वभौमिक समानता जस्ता विषयमा साझा दृष्टिकोण राख्दै आएको उल्लेख गर्दै अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक भएको बताए ।



    अमेरिका नेपाली वस्तु निर्यातको दोस्रो ठूलो गन्तव्य मुलुक रहँदै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले पर्यटकको दृष्टिकोणले समेत अमेरिका महत्वपूर्ण मुलुक भएको बताए ।

    सो क्रममा राजदुत थम्पसले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरणलगायतका विभिन्न क्षेत्रमा सहकार्य जारी रहने बताए । विगतमा रोक्का हुने भनिएको युएसएआइडीको कार्यक्रम निरन्तर हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार