Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • यूएईमा मृत्युदण्ड सजाय सुनाइएका दुई नेपालीले पाए सफाइ

    यूएईमा मृत्युदण्ड सजाय सुनाइएका दुई नेपालीले पाए सफाइ

    अनलाइन नेपाल
  • शुक्रबार, ११ साउन २०८१
  • 1.2K
    SHARES

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुईजना नेपालीले सफाइ पाएका छन् । सफाइ पाउनेमा ओखलढुङ्गाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा रहेका छन् ।

    उनीहरुले गएको बुधबार युएईको अदालतबाट सफाइ पाएका हुन् । पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।



    मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार युएईको जेलबाट रिहा भएका हुन् ।



    श्रेष्ठ बिहीबार स्वदेश फर्केका छन् भने थापाको पासपोर्टको म्याद सकिएका कारण युएईमै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार