Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मलेसियमा एक नेपालीलाई मृत्युदण्डको फैसला

    मलेसियमा एक नेपालीलाई मृत्युदण्डको फैसला

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 3.5K
    SHARES

    काठमाडाैं । मलेसियाको उच्च अदालतले एक नेपालीलाई मृत्युदण्डकाे फैसला गरेको छ । मलेसियन नागरिकको हत्यामा दोषी ठहर गर्दै गोविन्दपुर, धनुषाका ३६ वर्षीय सुरजदेव शाह तेलीलाई मृत्युदण्ड दिने फैसला गरेको गरिएकाे हाे ।

    तेलीले मलेसियाको कम्पुङस्थित मुतियार बाटु–१० का ३४ वर्षीय आर. हारिधासलाई घरमै हत्या गरेको ठहर गर्दै उच्च अदालतले अगस्ट १७ तारिखमा मृत्युदण्डको फैसला गरेको हो । नेपाली दूतावासले भने तेलीको जीवन रक्षाको लागि पुत्राजयस्थित पुनरावेदन अदालतलमा पुनरावेदन गरिसकेको छ ।



    हारिधासको २ डिसेम्बर २०१६ को बिहान साढे २ बजे हत्या भएको थियो । उनी लरी ट्रकका डाइभर थिए । तेली हारिधासकी श्रीमतीका प्रेमी थिए ।



    प्रहरीले श्रीमतीलाई नै हत्याको साक्षीको रुपमा अदालतमा पेस गरेका थिए । सन् २००६ मा मलेसिया पुगेका तेली ओयल पाम फ्याक्ट्रीमा सामान्य श्रमिकको रुपमा काम गर्थे । तेली मलेसिया भाषामा दख्खल राख्छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार