Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अमेरिका नाजुक मोडमा छ, नयाँ पुस्तालाई कमाण्ड सुम्पनु उत्तम : राष्ट्रपति बाइडेन

    अमेरिका नाजुक मोडमा छ, नयाँ पुस्तालाई कमाण्ड सुम्पनु उत्तम : राष्ट्रपति बाइडेन

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 438
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका नाजुक मोडमा रहेको बताएका छन् ।

    राष्ट्रपतिको दौडबाट बाहिरिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् ।



    अमेरिका नाजुक मोडमा रहेको उनले बताए । अहिले आफूहरूले गर्ने निर्णयले देशको भविष्य निर्धारण गर्ने उनको भनाइ थियो । ‘हामीले अगाडि बढ्ने वा पछि हट्ने, आशा र घृणा, एकता र विभाजन बीचको छनौट गर्नुपर्छ,’ उनले भने ।



    राष्ट्रपतिको रूपमा देशको सेवा गर्नु आफ्नो जीवनको सम्मान भएको उनले बताए । यस्तै नयाँ पुस्तालाई कमाण्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार