Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने अमेरिकाको घोषणा

    युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने अमेरिकाको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 516
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने घोषणा गरेका छन् ।

    उत्तर एटलान्टिक सन्धी संगठन नेटोको भेलालाई वासिङटनमा सम्बोधन गर्दै बाइडेनले यस्तो घोषणा गरेका हुन् ।



    उनले रुसको क्रुर आक्रमणलाई जवाफ दिनको लागि युक्रेनलाई थप अत्याधुनिक हतियार र प्रतिरक्षा प्रणाली सहयोगको घोषणा गरे ।



    गएको सोमवार रुसले युक्रेनको राजधानी कीभसहितका शहरमा गरेको आक्रमणमा ४१ जना भन्दा धेरैको ज्यान गएपछि अमेरिकासहित नेटोका देशहरुले युक्रेनलाई थप सहयोग गर्ने वाचा गरेका थिए ।

    अमेरिकी राष्ट्रपति बाइडेनले अबको सहयोग प्याकेजमा प्याट्रियट मिसाइल र कम्पोनेन्टसहित हवाई रक्षाका उपकरण समावेश हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार