Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बाइडेन राष्ट्रपतिको उम्मेदवारीबाट पछि हटे, कमलालाई समर्थन

    बाइडेन राष्ट्रपतिको उम्मेदवारीबाट पछि हटे, कमलालाई समर्थन

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 630
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारीबाट पछि हटेका छन् ।

    आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् ।



    अमेरिकामा चार महिनापछि मात्रै राष्ट्रपतिको निर्वाचन हुँदैछ । रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।​



    उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उम्मेदवारको रूपमा समर्थन गरेका छन् ।

    ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो । मैले फेरि चुनाव लड्ने मनसाय राखेको भए पनि आफ्नो उम्मेदवारी फिर्ता लिई आफ्नो कार्यकालको बाँकी अवधिमा राष्ट्रपतिको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान केन्द्रित गर्नु नै मेरो पार्टी र देशको हितमा हुने विश्वास लिएको छु,’ उनले भनेका छन् ।

    उनले यसै साता राष्ट्रका नाममा सम्बोधन गर्ने उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार