काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्वर्ग र नर्क सँगै जाने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले एक जनालाई धोका दिएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विगतमा ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेर आश्वासन दिएपनि बिचबाटोबाटै छाडेर अर्को बाटो लागेको भन्दै अध्यक्ष नेपालले कटाक्ष गरे ।
अध्यक्ष नेपालले भने, ‘पाँच वर्ष सँगै जाने, स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भन्ने सुन्दै आनन्द लाग्ने कुरा थियो । तर आफू स्वगतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पुर्यायो ।’
नेपालले एमाले अध्यक्ष ओली आफू स्वर्गतिर गएर अरूलाई लात्ताले हानेर नर्क पठाएको टिप्पणी गरे।
ओलीले यसरी बचन दिएपनि कूटनीतिक र राजनीतिक हिसाबले समेत उचित नहुने गरी समीकरण तोडिएको अध्यक्ष नेपालको भनाइ छ।
Leave a Reply