Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

    अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ६ साउन २०८१
  • 369
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुमा दुई सिफ्ट ओपीडी चलाउन निर्देशन दिएका छन् ।

    मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि स्वास्थ्यमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।



    स्वास्थ्यमन्त्री पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउनका लागि कर्मचारी र अस्पताल प्रमुखहरुसँग ओपीडी सेवा सञ्चालन गर्ने लगायतका ९ बुँदामा छलफल गरेका थिए ।



    उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ । पत्रको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने उल्लेख छ ।

    यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न पनि पत्रमा भनिएको छ ।

    प्राप्त सुझावका कार्यविधि परिमार्जन गरिने विषय पनि निर्णयमा उल्लेख छ ।

    चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम्य मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्था अन्त्य गर्ने निर्णय मन्त्रालयले गरेको छ ।

    अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा बढी युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपीडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बीमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्ने पनि निर्णय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार