Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेनमाथि चुनावी प्रतिस्पर्धाबाट बाहिरिन दवाब

    अमेरिकी राष्ट्रपति बाइडेनमाथि चुनावी प्रतिस्पर्धाबाट बाहिरिन दवाब

    अनलाइन नेपाल
  • शनिबार, २९ असार २०८१
  • 609
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले मानसिक स्वास्थ्यको चिन्ता सम्बोधनका लागि चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षण गर्न तयार रहेको बताएका छन् ।

    आफ्नै पार्टीका नेताहरुले आउँदो चुनावको उम्मेदवारीलाई लिएर गरिरहेको चिन्ताकाबीच उनले न्यूरोलोजिकल परीक्षण गर्न तयार भएका हुन् ।



    राष्ट्रपति पदको अर्को कार्यकालका लागि उम्मेदवार रहेका बाइडेनको मानसिक स्वास्थ्य ठिक नभएको भन्दै चिन्ता व्यक्त भइरहेको छ ।



    बाइडेनले आफू राष्ट्रपति कार्यालयमा रहँदा तीन पटक मस्तिष्क स्वास्थ्य जाँच गरेको सबै नतिजा सकरात्मक रहेका पनि बताए ।बाइडेनले आफू राष्ट्रपति पदको प्रतिस्पर्धाका लागि प्रतिबद्ध रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार