Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • स्वर्ग र नर्कसँगै जाने भनेर केपी ओलीले झुक्क्याए : प्रधानमन्त्री प्रचण्ड

    स्वर्ग र नर्कसँगै जाने भनेर केपी ओलीले झुक्क्याए : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असार २०८१
  • 306
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्ग र नर्कसँगै जाने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले झुक्क्याएको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई आफूले विश्वास गर्दा धोखा पाएको भन्दै संसदमा रोचक टिप्पणी गरे।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘चर्चाका बीचमा क्याबिनेटमा हस्ताक्षर हुन मात्रै बाँकी छ भन्ने कुरा गर्नुभएको थियो । तर, मैले एमाले अध्यक्षसँग चार घण्टा कुरा गरेर आएको छु । राम्रो कुरा भएको छ, ढुक्कसँग काम गर्नु भनेँ । कति लाटो म । ओलीजीको कुरा सुनेपछि म फुर्केँ।’

    उनले बाहिर एमाले र कांग्रेस मिलेको समाचार आइरहे पनि ओलीले ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ भनेर विश्वास दिलाएको बताए।

    ओलीले आफूलाई वामपन्थी आन्दोलन अगाडि बढाउँदै आगामी चुनावसम्म सरकार लैजाने र एउटै पार्टी बनाएर चुनाव लड्नेसम्मको आश्वासन दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार