Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • २० वर्षीया कोरोना संक्रमित युवतीको टिचिङ हस्पिटलमा मृत्यु

    २० वर्षीया कोरोना संक्रमित युवतीको टिचिङ हस्पिटलमा मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । टिचिङ हस्पिटल महाराजगञ्जमा उपचाररत २० वर्षीया युवतीको मृत्यु भएको छ । तनहुँ घर भएकी ती युवतीको कोरोना संक्रमणका कारण ज्यान गएको अस्पतालका कोभिड कमिटीका सदस्य डा. सविन थपलियाले जानकारी दिए ।

    यस्तै काठमाडौैंकी ७५ वर्षीय वृद्धको समेत सोही हस्पिटलमा मृत्यु भएको छ । दुबै जनाको मंगलबार राति मृत्यु भएको बताइएको छ । तनहुँ स्थायी घर भएकी युवतीको मृगौला फेल भएर डायलासिस गराउँदै आएकी थिइन्। उनलाई संक्रमण पुष्टि भएपछि मंगलबार नै कोभिड वार्डमा सारिएको थियो।



    यस्तै काठमाडौंका वृद्ध भने १५ गते अस्पताल भर्ना भएका थिए। मधुमेह र रक्तचापको समेत रोगी रहेका उनलाई पहिलो दिनदेखि नै आईसीयूमा भर्ना गरिएको थियो। दुबै जनाको उपचारकै क्रममा मृत्यु भएको हो ।दुबै मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार