Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सर्पको टोकाइबाट प्रहरी जवानसहित दुईजना घाइते

    सर्पको टोकाइबाट प्रहरी जवानसहित दुईजना घाइते

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 1.2K
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा सर्पले डसेर एक प्रहरी जवानसहित दुईजना घाइते भएका छन् ।

    दोधाराचाँदनी नगरपालिका–१ मा सर्पले डसेर २२ वर्षीय नविन ऐरी घाइते भएका छन् । उनी अस्थायी प्रहरी पोष्ट झुलङ्गेमा कार्यरत छन् ।



    यस्तै कृष्णपुरनगरपालिका–१ की ३५ वर्षीया गिता साउँद पनि घाइते भएकी छन् । गितालाई खाना बनाउँने बेला शुक्रवार सर्पले बायाँ हातमा टोकेको थियो ।



    घाइते दुबै जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार