Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • अर्थमन्त्रीद्वारा विनियोजन विधेयक राष्ट्रियसभामा प्रस्तुत

    अर्थमन्त्रीद्वारा विनियोजन विधेयक राष्ट्रियसभामा प्रस्तुत

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 435
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’ राष्ट्रियसभामा प्रस्तुत गरेका छन् ।

    बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पुनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क)को उपनियम (२) बमोजिम उक्त विधेयक प्रस्तुत गरेका हुन् ।



    आगामी आर्थिक वर्ष २०८१–८२ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन र सो रकम विनियोजन गर्न बाच्छनीय भएकाले विधेयक पेस गर्नुपरेको मन्त्री पुनले बताए ।



    यसैगरी राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरेका थिए ।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार