Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अफगानिस्तानका जेलमा ६० विदेशीसहित २० हजार कैदीबन्दी

    अफगानिस्तानका जेलमा ६० विदेशीसहित २० हजार कैदीबन्दी

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 714
    SHARES

    फाइल तस्विर

    काबुल । अफगानिस्तानका जेलमा कुल ६० विदेशी नागरिकलाई थुनिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । देशभरका जेलमा हाल एक हजार ५०० महिलासहित २० हजार बन्दी छन् ।

    १० महिलासहित ६० विदेशीलाई थुनामा राखिएको त्यहाँको जेल प्रशासन कार्यालयका उपप्रमुख अब्दुल्लाह हमदर्दलाई उद्धृत गरी टोलो न्युजले जनाएको छ ।



    विभिन्न अपराधमा विदेशीले कैदी जीवन बिताइरहेका हमदर्दले बताएका छन् । कारागारमा कुनै यातना नदिइएको बरु कैदीले सिक्ने र तालिम लिने अवसर रहेको उनको भनाइ छ ।



    जेल प्रशासनले कैदीहरूको राष्ट्रियता सार्वजनिक गरेको छैन । प्रशासनले गएको अप्रिलमा ४० विदेशी थुनामा रहेको जनाएको थियो । रासस/सिन्ह्वा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार