Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कर्णालीको पुलबाट ११ खच्चड बचाउने असई फराल र हवल्दार चौधरी पुरस्कृत

    कर्णालीको पुलबाट ११ खच्चड बचाउने असई फराल र हवल्दार चौधरी पुरस्कृत

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 11.2K
    SHARES

    कैलाली । कर्णालीको पुलको लट्ठा चुँडिएपछि पुलको बिच भागमा अड्किए ११ वटा खच्चडको उद्धार गरेको भन्दै प्रहरी सहायक निरीक्षक रामसिंह फराल र हवल्दार गंगाराम चौधरी पुरस्कृत भएका छन् ।

    उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरेको हो । यही जेठ २७ गते जिल्ला अछाम, पञ्चदेवल नगरपालिका, वडा नं. ९ चिल्तडा स्थित कर्णाली नदीमा रहेको झोलुंगे पुलको रसी चुडिन गई १३ वटा खच्चड उक्त पुलको बिच भागमा अड्किएका थिए ।



    असई फरालको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चडको उद्धार गरिएको थियो । पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार गरेपनि दुई वटा खच्चड पुलबाट खसेर मरेका थिए ।



    सो घटनामा खच्चडहरुलाई उद्धार गर्ने कार्यमा अदम्य साहसका साथ कर्तब्यनिष्ठ भई उद्धार कार्यमा उल्लेखनीय भुमिका निर्वाह गर्नु गरेका फराल र चौधरीलाई उत्कृष्ट कार्यको कदर स्वरुप अभिलेखमा जनिने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको सुदूरपश्चिम प्रहरीले जनाएको छ ।

    साथै उनीहरुलाई डीआईजी रबिन्द्र केसीले व्यावसायिक तथा व्यक्तिगत जीवनको सफलताको कामना गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार