Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • साहसी असई रामसिंह : जसले १३ वटा खच्चडको ज्यान बचाए

    साहसी असई रामसिंह : जसले १३ वटा खच्चडको ज्यान बचाए

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 40.6K
    SHARES

    तस्बिर : गोरखापत्र

    अछाम । कर्णालीको पुलको लट्ठा चुटिएपछि पुल पार गर्दै गरेका मध्ये १३ वटा खच्चड पुलकै बिचमा अड्कियो । स्थानीय स्रोत साधन अभावले खच्चरको उद्धार सम्भव भएन ।

    तर इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसिंह फरालले आफूलाई जोखिममा राखेर खच्चड बचाए । आज उनले गरेको कार्यको सबैले प्रशंसा गरेको छ ।



    लङलाइन गरेर (डोरीको सहायताबाट उद्धार) उद्धार गर्न सकिने प्रशस्तै व्यवस्था भए पनि राज्य स्तरबाट कुनै पनि सहयोग नभएपछि असई रामसिंहले पुलको बिचमा अड्किएको १३ वटा खच्चरको ज्यान बनाउन सफल भयो ।



    गत आइतबार दिउँसो कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चड फसेको समाचार देशभर भाइरल भयो । अछामको पञ्च देवल विनायक नगरपालिका ९ कालेकाडाबाट दैलेखको आठविस नगरपालिका ४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेको थियो ।

    उनको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चडको उद्धार भयो तर खच्चडलाई पुलबाट खोलामा फालिएको थियो । पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार भयो भने दुई वटा खच्चडले पुल मरेको थियो । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार