Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • गरगहना लुट्न दम्पतीको हत्या, संलग्न एक पक्राउ

    गरगहना लुट्न दम्पतीको हत्या, संलग्न एक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 528
    SHARES

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका महादेवटारमा मानबहादुर दम्पतीको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    महाभारत गाउँपालिकाको ४ स्थित तीनखुट्टेमा भएको दम्पत्ती हत्यामा संलग्न एकेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।



    एकेन्द्रले २०८१ जेष्ठ महिना ७ गते राती तीनखुट्टेस्थित जस्ताले बरेको २ वटा टहरामा बस्दै आएका स्थानीय ६१ वर्षीय मानबहादुर बल र ६१ वर्षीया केकैमाया तामाङ्नीलाई फलामको रडले हानी हत्या गरेका थिए ।



    घटना पश्चात सोधपुछ गर्ने क्रममा एकेन्द्रले आफूले दम्पतिको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    उनी तिनखुट्टेमा सडक मजदुरको रुपमा कार्यरत थिए । आर्थिक समस्या टार्नको लागि उनले दम्पत्तिको हत्यागरी पैसा र गहना लुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

    अनुसन्धान गर्दै जाँदा उनलाई प्रहरीले २०८१ जेष्ठ १६ गते पक्राउ गरेको थियो । पक्राउ गरेको एकेन्द्रलाई ज्यानसम्बन्धी कसुर मुद्दामा काभ्रेपलाञ्चोक जिल्लाबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार