Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • चौरपाटीकी उपाध्यक्षलाई दोहोरो सुविधा : इन्धन लिन्छिन्, मासिक रकम पनि बुझ्छिन् !

    चौरपाटीकी उपाध्यक्षलाई दोहोरो सुविधा : इन्धन लिन्छिन्, मासिक रकम पनि बुझ्छिन् !

    अनलाइन नेपाल
  • मंगलबार, २९ जेष्ठ २०८१
  • 4.8K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाकी उपाध्यक्षले नियमविपरीत यातायात सुविधा लिने गरेको पाइएको छ ।

    सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७५ मा सवारी साधन र ईन्धनको सुविधा प्रयोग गर्ने पदाधिकारीलाई यातायात खर्च वापतको रकम उपलब्ध नगराउने व्यवस्था छ ।



    तर यस गाउँपालिकाकी उपाध्यक्ष सरदेवी खड्काले सवारी साधन र इन्धनको सुविधा पाइरहेको अवस्थामा पनि प्रचलित ऐनविपरीत यातायात सुविधा लिने गरेकी हुन् । नियमविपरीत यातायात सुविधा भन्दै गाउँपालिकाबाट उपाध्यक्ष खड्काले मासिक ९ हजार रुपैयाँका दरले रकम बुझ्ने गरेकी छिन् ।



    उपाध्यक्ष खड्काले नियमविपरीत यातायात सुविधा लिएको कुरा महालेखा परीक्षकको कार्यालयले हालै जारी गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

    दोहोरो पर्नेगरी यातायात सुविधाबापत गाउँपालिकाले भुक्तानी दिएको एक लाख ८ हजार रुपैयाँ बेरुजु देखाएको छ । सो रकम उपाध्यक्ष खड्काबाट असुल गर्न पनि महालेखाले भनेको छ ।

    महालेखाको प्रतिवेदनमा लेखिएको छ, ‘सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७५ मा सवारी साधन र ईन्धनको सुविधा प्रयोग गर्ने पदाधिकारीलाई यातायात खर्च वापतको रकम उपलब्ध नगराउने व्यवस्था रहेको छ ।

    पालिकाले उपाध्यक्ष सरदेवी खड्कालाई सवारी साधन र ईन्धनको सुविधा दिईरहेको अवस्थामा पुनः यातायात खर्च वापतको सुविधा प्रति महिना रु. ९,०००। का दरले वर्षभरी रु. १,०८,०००। उपलब्ध गराएको हुँदा ऐन विपरित भएको वढी भुक्तानी सम्वन्धितबाट असुल गर्नु पर्ने ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार