Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • विपद् उद्धारसम्बन्धी अभ्यासकै क्रममा डुबेर सशस्त्रका जवानको मृत्यु

    विपद् उद्धारसम्बन्धी अभ्यासकै क्रममा डुबेर सशस्त्रका जवानको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 1.1K
    SHARES

    फाइल तस्विर

    बझाङ । सेती नदीमा डुबेर बझाङमा सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ ।

    प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्रका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको हो।



    जयपृथ्वी नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेसन) गर्दा गर्दै उनी डुबेका थिए।



    उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेको बझाङ प्रहरीले जनाएको छ ।

    धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए ।

    सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार