Online Nepal
  • बुधबार, २ माघ २०८१
  • मधेशका मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार

    मधेशका मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार

    अनलाइन नेपाल
  • आइतबार, २७ जेष्ठ २०८१
  • 570
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    जनमत पार्टीको भागमा परेका दुई मन्त्रालायमा मुख्यमन्त्री सिंहले मन्त्री नियुक्त गरेका हुन्।



    मुख्यमन्त्री सिंहले आफ्नो पार्टीबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

    गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

    सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो ।

    त्यसमा मुख्यमन्त्रीले आज साहलाई मन्त्री नियुक्त गरेका हुन् । योसँगै अब उनको मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार