Online Nepal
  • बिहिबार, २७ भाद्र २०८१
  • मधेशका मुख्यमन्त्री सिंहले बुझाए प्रधानमन्त्री ओलीलाई २२ बुँदे माग

    मधेशका मुख्यमन्त्री सिंहले बुझाए प्रधानमन्त्री ओलीलाई २२ बुँदे माग

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 249
    SHARES

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएका छन् ।

    मुख्यमन्त्री सिंहले मंगलबार प्रधानमन्त्री ओलीलाई हुलाकी राजमार्गको काम यथाशीघ्र पूरा गर्नुपर्नेलगायतका २२ बुँदे माग बुझाएका हुन् ।



    बुझाएको मागपत्रमा निर्माणाधीन पूर्वपश्चिम रेलमार्गको प्रमुख शहरसँग सम्पर्क हुनुपर्ने माग पनि छ ।



    प्रदेशको विकासका निम्ति दीर्घकालीन सकारात्मक असर पार्ने केही योजनालाई आफूहरुले अघि बढाउन खोजेको भन्दै मुख्यमन्त्री सिंहले यसमा संघीय सरकारले साथ दिनुपर्ने बताएका छन् ।

    जनकपुर जयनगर रेल यातायातमा मालवाहक रेलको व्यवस्था हुनुपर्ने, हुलाकी राजमार्ग अन्तर्गत कमला पुल लगायत अन्य पुल निर्माण पूरा गर्नुपर्ने माग पनि मुख्यमन्त्रीले बुझाएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार