Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • विश्वकप क्रिकेट : न्युजिल्यान्डमाथि अफगानिस्तानको सानदार जित

    विश्वकप क्रिकेट : न्युजिल्यान्डमाथि अफगानिस्तानको सानदार जित

    अनलाइन नेपाल
  • शनिबार, २६ जेष्ठ २०८१
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डमाथि सानदार जित निकालेको छ ।

    शनिबार न्युयोर्कमा भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गर्दै जारी खेलमा लगातार दुई जित निकालेको हो ।



    अफगानिस्तानले न्युजिल्याण्डलाई जितका लागि १६० रनको लक्ष्य दिएको थियो । अफगानिस्तानका ओपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए ।



    जवाफी ब्याटिङ गर्ने क्रममा न्युजिल्याण्ड ७५ रन बनाएर १५.२ ओभरमै अल आउट भएको हो ।

    न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले १८ बलमा १८ रन तथा म्याट हेनरीले १७ बलमा १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । न्युजिल्याण्डलाई सस्तोमा समेट्न फजाल्हाक फारूकीले ४ विकेट लिए ।

    प्रतियोगितामा अफगानिस्तानको यो लगातार दोस्रो जीत हो । यसअघि टोलीले युगान्डालाई १ सय २५ रनको विशाल अन्तरले हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार