काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतविरुद्ध आयरल्यान्डले ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार न्यूयोर्कमा टस हारेर ब्याटिङमा आएको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो ।
भारतीय बलरसामु निरीह देखिएका आयरल्यान्डका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेख्य बन्न सकेन । आयरल्यान्डका ग्यारेथ डेलानीले २६ रन बनाए । जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन थपे ।
आयरल्यान्डलाई सस्तैमा समेट्न हार्दिक पन्ड्याले तीन, अर्शदीप सिंह र जसप्रित बुमराहले समान दुई विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलले समान एक विकेट लिए ।
Leave a Reply