काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।
महासचिव विप्लव सहित सोही पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।
भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
यस्तै समाजवादी मोर्चालाई अगाडि बढाउने बिषयमा नेताहरूबीच गम्भीरतापूर्वक छलफल भएको पनि बताइएको छ ।
Leave a Reply