Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • विकल अमेरिकी पिआर लिएको मुद्दामा पनि दोषी ठहर, एक वर्ष कैद !

    विकल अमेरिकी पिआर लिएको मुद्दामा पनि दोषी ठहर, एक वर्ष कैद !

    अनलाइन नेपाल
  • सोमबार, १४ जेष्ठ २०८१
  • 1K
    SHARES

    काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन् ।

    विशेष अदालतले अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीशहरु राम बहादुर थापा र रितेन्द्र थोपाको इजलासले विकललाई दोषी ठहर गरेको हो ।



    उनी झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएको बताइएको छ ।



    उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा अनुसार कसुर गरेको ठहर गर्दे १ वर्ष कैद र १० हजार जरिवानाको फैसला सुनाइएको छ ।

    पौडेलले सरकारी पदमा रहँदा नै संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति लिएका थिए । यससँगै उनी प्रतिवादी रहेका चारमध्ये दुईवटामा दोषी ठहर भएका छन् भने दुई मुद्दा विचाराधीन छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार