Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • दक्षिण कोरियाद्धारा चिप्स उद्योगका लागि १९ अर्ब डलरको योजना घोषणा

    दक्षिण कोरियाद्धारा चिप्स उद्योगका लागि १९ अर्ब डलरको योजना घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १० जेष्ठ २०८१
  • 504
    SHARES

    एजेन्सी । दक्षिण कोरियाले चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना सार्वजनिक गरेको छ ।

    राष्ट्रपति युन सुक योलले बिहीबार देशको महत्वपूर्ण सेमीकन्डक्टर उद्योगका लागि १९ अर्ब डलरको सहयोग योजना घोषणा गरेका हुन् ।



    दक्षिण कोरियामा सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता विश्वमा धेरै मेमोरी कार्ड र चिप्स उत्पादन गर्ने ख्यातिप्राप्त कम्पनीहरू रहेका छन् ।



    दक्षिण कोरियाले गत वर्ष चार खर्ब ५६ अर्ब अमेरिकी डलरको निजी लगानी प्रयोग गरेर विश्वको सबैभन्दा ठूलो चिप्स सेन्टर निर्माण गर्ने प्रतिज्ञा गरेको थियो ।

    राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नयाँ कार्यक्रमबारे राष्ट्रपति युनले भने, ‘हामीले २६ ट्रिलियन कोरियन वोन बराबरको सेमीकन्डक्टर उद्योगको लागि एक व्यापक सहयोग कार्यक्रम बनाएका छौँ । यसमा वित्तीय, पूर्वाधार, अनुसन्धान र विकास, साथै साना र मझौला आकारका कम्पनीहरूको लागि सहयोग समावेश छ ।’

    यो प्याकेजमा यसै महिनाको सुरुमा घोषणा गरिएको सात अर्ब अमेरिकी डलर लगानी पनि समावेश छ । युनले सियोलले रोजगारी बढाउने र उद्योगमा थप प्रतिभा आकर्षित गर्ने आशामा चिप लगानीका लागि कर लाभ विस्तार गर्ने पनि बताए ।

    कार्यक्रमअनुसार सियोलको बाहिर भागमा ‘मेगा चिप्स क्लस्टर’ पनि निर्माण गरिरहेको छ । कोरिया सरकारले यो विश्वको सबैभन्दा ठूलो सेमीकन्डक्टर बनाउने उद्योग हुने र लाखौं रोजगारी सिर्जना गर्ने दावी गरेको छ ।

    नयाँ प्याकेजका लागि कोरिया विकास बैंक मार्फत ‘१७ ट्रिलियन वोनको नयाँ सेमीकन्डक्टर वित्तीय सहायता कार्यक्रम’ सञ्चालन हुनेछ, जसले कम्पनीहरूलाई महत्त्वपूर्ण नयाँ लगानी गर्न अनुमति दिनेछ ।

    यो योजनाले एक ट्रिलियन वोन बराबरको ‘सेमीकन्डक्टर पारिस्थितिक कोष’ पनि सिर्जना गर्नेछ । यसले फ्यावलेस (हार्डवेयर यन्त्र र अर्धचालक चिपहरूको उत्पादन र बिक्री)का क्षेत्रमा काम गर्ने कम्पनी र उद्योगसँग सम्बन्धित साना र मझौला उद्यमहरूलाई सहयोग गर्नेछ ।

    यसै महिनाको शुरूमा सियोलले आफ्नो चिप उद्योगलाई सहयोग गर्न सात अर्ब डलरभन्दा बढीको सहायता प्याकेज स्थापना गर्ने घोषणा गरेको थियो ।

    यो योजना एशियाको चौथो ठूलो अर्थतन्त्र मानिने दक्षिण कोरियाका लागि महत्वपूर्ण सेमीकन्डक्टर क्षेत्रलाई बढावा दिने अभियानको एक हिस्सा हो ।

    कोरियाली सरकारले चिप्स, डिस्प्ले र ब्याट्री सहित छ वटा प्रमुख प्रविधिमा ठूलो लगानी गर्न खोजिरहेको बेला यो कदम चालिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार