Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • संसद्को गतिरोधको विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बस्दै

    संसद्को गतिरोधको विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, २ जेष्ठ २०८१
  • 606
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्ने भएको छ ।

    आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच बालुवाटारमा संसद्को गतिरोधको विषयमा छलफल भएको थियो ।



    प्रधानमन्त्री प्रचण्डले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिएका हुन् ।



    घिमिरेलेले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षी दलसँग तत्कालै सहमति गर्न अपिल गरेपछि प्रचण्डले भोलि बस्ने संसद बैठक सहज ढंगले अगाडि बढ्ने बताए ।

    प्रधानमन्त्री र सभामुखबीच करिब ४५ मिनेट संसद अवरोधकै विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार