काठमाडौं । आज शेयर बजार झन्डै १० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ विन्दुमा पुगेको हो ।
आज होटल तथा पर्यटन, उत्पादन र लघुवित्तबाहेकका समूहको शेयर बढेकोमा फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।
आज ९७ लाख ८९ हजार कित्ता शेयर चार अर्ब १४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ ।
Leave a Reply